बारम्बार सोधिने प्रश्नहरू

• विदेशबाट फर्केका नेपाली यात्रुले देहाय बमोजिमका मालवस्तुहरु ल्याउँदा महसुल पूर्ण छुट हुनेछ।# • लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामानहरु# • औषधी उपचार गराई फर्केका बिरामीले ल्याएका औषधीहरु# • शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान# • सुनको गहना पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म र एक लाख रुपैया सम्मको जवाहिरात जडित साथमा ल्याएको गहना गुरिया# • घडि, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर मोबाइल फोन एक एक थान# • बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान# • पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक एक थान# • सात किलोग्राम सम्म खाद्य परिकार# • मदिरा १ लिटरसम्मको एक बोतल#

सुन तथा सुनको गरगहना र मदिराको हकमा तोकिएको भन्दा बढी मालवस्तु जफत हुन्छ भने अरु उल्लेख भएका सरसामानको हकमा औचित्य हेरी नियमानुसार लाग्ने महसुल तिरी लैजान स्वीकृति दिन सक्ने व्यवस्था छ।

काँचो सुनको हकमा विदेशबाट नेपाल आउने नेपालीले एक सय ग्राम सम्मको काँचो सुन महसुल तिरेर ल्याउन पाउँछन्‌। सुनका गहनाको हकमा विदेशबाट आउने नेपालीले सुनको गहना पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्राम सम्म महसुल नतिरी ल्याउन पाँउछन्।तर एकजना व्यक्तिले (महसुल तिर्नु नपर्नेः महिलाको हकमा पचास ग्राम र पुरुषको हकमा पच्चीस ग्राम बाहेक) थप एक सय ग्राम सम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँछन्‌। चाँदी तथा सो का गहना विदेशबाट नेपाल आउने नेपालीले पाँच सय ग्राम सम्मको चाँदीको गहना महसुल तिरेर ल्याउन पाउँछन्‌। अन्य गहना विदेशबाट नेपाल आउने नेपालीले एक लाख रुपैया सम्मको जवाहिरात जडित सुनका वा चाँदीको गहना मसहुल तिरेर ल्याउन पाउँछन्‌।